१ हजार ३६९ जना कोरोना सङ्क्रमित थपिए, १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनामा परीक्षण गर्दा १ हजार ३६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ८८० जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १३ जनामा र ३ हजार जनामा एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.८ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार २३८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ ।
यसैगरी देशमा हालसम्म २९ हजार ४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment