१० दिने वातावरण मैत्री झोला निर्माण कार्यक्रमको समापन

डिसी नेपाल
१ फागुन २०७८ १९:२०

दाङ । घोराही चेम्बर अफ कमर्स को व्यवस्थापनमा१०दिने वातावरण मैत्री झोला निर्माण कार्यक्रमको समापन गरीएको छ।महिला दिदि बहिनी हरुलाई आत्म निर्भर बनाउन कार्यक्रमको आयोजना गरिएको थियो। समापन कार्यक्रमका प्रमुख अतिथी घोराही उपमहानगरपालिका का नगर प्रमुख नरुलाल चौधरीले सिकेको सीप व्यवहार मा लागु गर्न आग्रह गर्दै पूर्ण सरसफाई यूक्त नगर निर्माण मा बातावरण मैत्री झोला निर्माणले‌ टेवा पुग्ने वताए ।

मानव स्वास्थ्य संग प्रतक्ष्य सरोकार राख्ने बातावरण स्वच्छ राख्न प्रत्येक नागरिकको दायित्व भएको हुँदा त्यस तर्फ चनाखो रहन‌ उनले सम्पूर्ण नगरवासीहरुलाइ आग्रह गरे। कार्यक्रमका बिसिष्ठ अतिथि एव घोराही उपमहानगरपालिका वडा नं १४का अध्यक्ष शक्तिराम डांगी ले पलाष्टिक जन्य पदार्थको अन्त्य का लागि यो कार्यक्रम प्रभावकारी भएको बताउँदै सवैले बातावरण मैत्री झोला प्रयोग गर्न आग्रह गरे । जिल्ला समन्वय समिति दाङकी सदस्य लोका बिकले सिकेको सीप व्यवहार मा उतार्न र सफल उद्यमी बन्न कार्यक्रममा उपस्थिति प्रषिक्षार्थी हरु लाई आग्रह गर्दै स्वच्छ बातावरण निर्माण मा लाग्न आग्रह गरीन।

घोराही चेम्बर अफ कमर्स की अक्ष्यक्ष मन्जु बज्राचार्य ले बिगतमा पनि घोराही चेम्बर ले सामाजिक उत्तरदायित्व को काम गर्दै आएको बताउँदै महिला दिदि बहिनी हरुलाई आत्म निर्भर बनाउन बातावरण मैत्री झोला निर्माण कार्यक्रमको आयोजना गरिएको बताईन। सिमित श्रोत साधनवाट कार्यक्रम सञ्चालन गर्दा धेरै दिदी बहिनी हरु तालिम लिन वाट वन्चित भएको मा आगामी दिनमा धेरै दिदी बहिनी हरु लाई समेटेर कार्यक्रम सञ्चालन गरीने प्रतिवद्धता उनले गरीन।

प्रसिक्षार्थिका तर्फ बाट सनम केसी र पार्वती चौधरी ले सिकेको सीप व्यवहार मा उतार्न आफुहरु तयार रहेको बताए।१०दिनको समय छोटो भयकाले आगामी दिनमा सिप सिकाउदा अलि लामो समय सिकाउन आग्रह गरे।
सोही कार्यक्रममा प्रमुख प्रशिक्षक विष्णु थापा, नेपाल महिला संघ दाङ कि अध्यक्ष गोमा रावत, चेम्बर उपाध्यक्ष दुर्लभ केसी, घोराही-१५ कि सदस्य कृष्णा राना, चेम्बर सह-कोषाध्यक्ष लक्ष्मी गिरी थापा, लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव प्रेम शर्मा लगायतका महानुभावहरु को उपस्थिति रहेको थियो।
घोराही चेम्बर अफ कमर्स की अक्ष्यक्ष मन्जु बज्राचार्य को अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका का नगर प्रमुख नरुलाल चौधरी रहनुभएको थियो। चेम्बर उपाध्यक्ष शरद खनाल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव विमल श्रेष्ठले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *