‘प्रधानन्यायधीशमाथि लगाईएको महाभियोग फागुन १ गते मनाएकाे ‘जनयुद्ध’ दिवस मात्रै हाे’
काठमाडौं । नेकपा(एमाले)का नेता सुर्य थापाले प्रधानन्यायधिशमाथि लगाईएको महाभियोगलाई जनयुद्ध दिबसको अवसरमा गरिएको कार्य मात्रै भएको बताएका छन । उनले यसलाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको उक्साहटमा प्रधानमन्त्री देउवाको धुन्धुकारी कदम भएको बताएका छन ।
थापाले सामाजिक संजालको माध्यमबाट महाभियोग दर्ताको कटाक्ष गरेका हुन । उनले न्यायालयलाई कमजोर बनाई आफ्नो मुठ्ठीमा कैद गर्ने चेष्टामात्रै भएको बताउदै प्रधानमन्त्री देउवालाई कठपुतलीको आरोप समेत लगाएका छन । देउवा ,दाहाल ,नेपाल र मोहनविक्रम सिहले फागुन १ गते जनयुद्ध दिबस मात्रै मनाएको आक्षेप लगाउदै यसको अन्त्य हुन आबश्यक रहेको टिप्पणी गरेका छन ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment