एमाले उपमहासचिवकाे टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेकाे छ

डिसी नेपाल
२ फागुन २०७८ ८:३१
68
Shares

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन्। सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धन’ भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ।’ उनी अगाडि लेख्छन्- भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि?’

त्यस्तै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्तत: सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन्।

‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ- यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.