२८ दलको स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिले मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र

डिसी नेपाल
२ फागुन २०७८ १८:०१
124
Shares

काठमाडौं । विभिन्न साना २८ राजनीतिक दलको स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी भएको र यसले नागरिक हक अधिकारको समेत उपेक्षा गरेको ठहर गर्दै सङ्घर्ष समितिले मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष श्री टोप बहादुर मगरले सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रको थप अध्ययन गरी आयोगको अधिकार क्षेत्रभित्र रहेर निर्वाचन आयोग र नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने बारेमा उपयुक्त निर्णय गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.