निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

डिसी नेपाल
२ फागुन २०७८ १९:२६
12
Shares

काठमाडौं । निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो ।

फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।

आयोगले आज एक विज्ञिप्ती जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवक्ताले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.