रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

डिसी नेपाल
३ फागुन २०७८ १०:०९

रुपन्देही। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । । दुर्घटनामा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको हो ।

तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।

दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *