६८० जना कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु

डिसी नेपाल
३ फागुन २०७८ १६:५६
112
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनामा परीक्षण गर्दा ६८० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ४ हजार २५६ जनामा पीसीआर परीक्षण गरिएकोमा ४९८ जनामा र २ हजार ८३९ जनामा एन्टीजेन परीक्षण गर्दा १८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म १९ हजार ४०० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.