खाली पेटमा भिजाएको चना खानुहोस्, पाइन्छ यस्तो लाभ

डिसी नेपाल
४ फागुन २०७८ १०:४८

काठमाडौं । तपाई स्वास्थ्य हुनका लागि खानपान, लवाई, हिडाई र सुताईमा विशेष ध्यान दिन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिन सकेमा तपाईको स्वास्थ्य सधैँ तन्दुरुष्त रहन्छ । जसमध्ये सबैभन्दा पहिले खानेकुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । के खाँदा शरिरलाई फाइदा हुन्छ यसबारे आफू सदैब सचेत रहनुपर्छ । आफ्नो स्वास्थ्यको अवस्था स्वस्थ राख्न सबैभन्दा बढि ध्यान दिनुपर्ने भने कै खानपानमा हो ।

अहिले अधिकांश नेपाली खान नपाएर भन्दा पनि खान नजानेर मृत्युको बाटो रोजिरहेका छन् । हामीले आफ्नै नजिकका पोषक तत्व पाइने खानेकुरालाई वास्ता गरिरहेका छौं । हामीलाई स्वास्थ्य रहन दैनिक रुपमा बिहान खाली पेटमा भिजाएको चना खाँदा राम्रो हुन चिकित्सकहरु बताउँछन् । तर कति र कसरी खाने भने पोषणविद्हरु सल्लाह लिनु पर्ने हुन्छ ।

चना गेडागुडी तरकारी अथवा दालको रूपमा खाइन्छ । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ। चना बिहान खाली पेटमा खाँदा शरीरलाई स्वस्थ राख्ने मात्र होइन, रोग प्रतिरोधक क्षेमता समेत बढाउँछ । जिम जाने युवा युवतीहरुका लागि चना राम्रो डाइट हुन्छ ।  हरेक विहान दैनिक रुपमा बिहान भिजाएको चना खानुका थप फाइदाहरु यस प्रकार रहेका छन् ।

–चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ ।

– अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

– चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ ।

– चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।

– चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

– चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ ।

के हुँदा कसरी खाने चना
–रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

–रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
– चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।

– रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

–बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।

–चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।

–नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् ।

–पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।

–एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *