गीत : आफ्नै छनौट हो

सुरेश राई
१६ वैशाख २०८१ १०:१८

जिन्दगी के गर्ने आफ्नै छनौट हो
पटक पटक मण्डपमा
बस्न सक्ला मान्छे
चिहानमा पस्ने चाहिँ एकै पटक हो

जिन्दगी के गर्ने आफ्नै छनौट हो
=======================

आउँछन् जोवनमा
फर्केर एक फेर हेर्न मन लाग्ने मान्छेहरु
आउँछन् जीवनमा
सम्झेर एक फेर सोच्न मन लाग्ने मान्छेहरु
तर मन कस्लाई दिन्छ्यौ ?
जीवन कस्लाई सुम्पिन्छ्यौ ?
र वचन कसलाई दिएकी छ्यौ?

चन्चलता मान्छेकै मनको बनोट हो
घरीघरी मायामा
पर्न सक्ला मान्छे
ढुकढुकी निभ्ने चाहिँ एकै पटक हो

जिन्दगी के गर्ने आफ्नै छनौट हो
======================

भेटिन्छन् सफरमा
हाँसेर नजिक आई, दुई बात गर्ने मान्छेहरु
भेटिन्छन् रहरमा
बुझेर तिम्रै चाहमा ,फूल बुट्टा भर्ने मान्छेहरु
तर साथ कस्को निभाउँछ्यौ ?
अन्तिमघडी कोसँग हुन्छ्यौ ?
र कसम कोसित खाएकी छ्यौ ?

जिन्दगी थोर बहुत आफ्नै लेखोट हो
पटक पटक मान्छेलाई
छल्न सक्छ मान्छे
भगवानले भेट्ने चाहिँ एकै पटक हो

जिन्दगी के गर्ने आफ्नै छनौट हो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *