आफनै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
सांकेतिक तस्बिर
दाङ । पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।
यसअघि बाबुछोराबीच पटक–पटक झगडा हुने गरेको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । आज के कारणले बुबाको हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment