माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छाैँ : एमाले

डिसी नेपाल
८ फागुन २०७८ १२:००
88
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ। सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो।

संसदमा गर्दाै आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने।

गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.