लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

डिसी नेपाल
९ फागुन २०७८ ७:३७
56
Shares

काठमाडौं। नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिइन्। हालसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

सरकारले यही चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको समेत प्रवक्ता डा. मिश्राले जानकारी गराइन्।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *