एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

डिसी नेपाल
९ फागुन २०७८ १३:४१
240
Shares

काठमाडौं। एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ। सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ। विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.