नक्कली मह बनाउने श्रेष्ठको अर्को अवैध धन्दा, म्याद गुज्रिएका पाउरोटी धुलो पारेर नयाँ प्याकेजिङ्मा बिक्रीवितरण

डिसी नेपाल
९ फागुन २०७८ २०:२८

काठमाडौं । नक्कली मह उत्पादन गरेर बजारमा पठाएको आरोपमा पक्राउ परेका नरेश श्रेष्ठको अर्को अवैध धन्दा पनि फेला परेको छ ।

श्रेष्ठले ललितपुर सुनाकोठीमा स्पर्श फुड प्रोडक्ट र श्रीतारा फुड प्रोडक्ट नाममा म्याद गुज्रिएका खाद्यान्नबाट कुकिज बनाएर बजारमा पठाउने गरेको कारखानामा प्रहरीले छापा मारेपछि अवैध धन्दाको फेला परेको हो । ती कम्पनीको नाममा म्याद गुर्जिएका बिष्कुट र पाउरोटीलाई पुनः धुलो बनाई नयाँ प्याकेजिङ्मा बिक्रीवितरण गर्दै बजारमा पठाउने गरेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सो कम्पनीलाई सोमबार छापा मारी सिल गरेको छ । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार अखाद्य पदार्थलाई पुनः प्याक गरेर बजारमा पठाउने गरेका थिए । ‘म्याद गुज्रिएका सामाग्रीलाई बजारमा पठाएको खुलेपछि छापा मारेका थियौ कम्पनी पनि अवैध रहेछ, खाद्यान्न पनि अखाद्य रहेछ’, एसपी कोइरालाले भने ।

प्रहरीका अनुसार स्पर्श फुड प्रोडक्क र श्रीतारा फुड दुबै कम्पनी खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत लिएको छैनन । श्रेष्ठले करिब ३ वर्षदेखि सो काम थालेको प्रहरीले जनाएको छ । प्रहरीले कम्पनीमा फेला परेको भेनेगर ५४ कार्टुन, चिनी, क्रसर पाउडर, अजिनामोटो, चिउरालगायतका ठूलो मात्रामा अखाद्य पदार्थ नष्ट गरेको छ ।

श्रेष्ठलाई अपराध महमाशाखाकै टोलीले ७ माघमा ठमेलबाट ६ हजार केजी नक्कली महसहित पक्राउ गरेको थियो । उनले सो महपनि विभिन्न कफी सप र ठूला रेष्टुरेण्टहरुम पठाउने गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *