बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओ भर्ने म्याद पुन: थप

डिसी नेपाल
१९ फागुन २०७८ ११:४९

काठमाडौँ । बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर (आइपिओ) भर्न म्याद पुन: थप गरिएको छ। अव उक्त आइपिओमा फाल्गुण २६ गतेसम्म भर्न पाउने छन्।  यसअघि कम्पनीले फागुन १९ गतेसम्म समय थप गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि माघ २७ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी गर्ने आइपिओमध्ये जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो आइपिओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा)बाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *