शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर आउँदै

डिसी नेपाल
१९ फागुन २०७८ १२:३२

काठमाडौं। शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर चैत १ गतेदेखि आउने भएको छ।  कम्पनीले १ः०३ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर जारी गर्न माघ २० गते बुक क्लोज गरेको  छ । यस अनुसार, त्यसअघिसम्म कायम लगानीकर्ताले मात्र उक्त हकप्रद सेयर भर्न पाउनेछन् ।

यस हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ। यस हकप्रद सेयरमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।

यस हकप्रद सेयरमा लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यालयबाट आवेदन दिन सकिने । यस्तै, शिखर इन्सुरेन्सको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *