कांग्रेस अछाम अधिवेशनः सभापतिमा दाेस्राे चरणकाे मतदान हुँदै
अछाम। नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ।
सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे।
दोस्रो चरणको मतदान आज बिहानबाट हुनेछ। दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment