सेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चियो

डिसी नेपाल
२२ फागुन २०७८ १५:१८

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ३.६६ अङ्कले घट्दा २ हजार ५४३.३९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ५१ लाख ३० हजार २३९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको १५ करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ८५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको कारोबार भएको छ।

आज नेप्सेमा मैलुङ्ग खोला जलबिद्युत र सिमलिङ्ग पावरका लगानीकर्ताले अधिक कमाएको छ भने शिभम् सिमेन्ट र रिलायन्स लाइफ इन्स्योरेन्सका अगनिकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *