नेको इन्स्योरेन्सले बोलायो चैत ९ गते साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

डिसी नेपाल
२३ फागुन २०७८ १२:१७

काठमाडौं। नेको इन्स्योरेन्सले बार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यस अनुसार फाल्गुन ३० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन्।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *