६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

डिसी नेपाल
२३ फागुन २०७८ १२:३५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ६ अर्व २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनका लागि २ अर्ब र ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो ३ बजे अनलाइनमार्फत् खुला हुनेछ । २८ दिने ट्रेजरी आगामी चैत २२ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी २०७९ जेठ २४ गतेमा परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यक्तिगत लगानीकर्ता तथा संस्थाहरुलाई बिल खरिदका लागि बैंकले आह्वान गरेको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ऋणपत्र बिक्री गर्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *