हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३ रुपैयाँ ४४ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ २२ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ पाँच पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ।
Facebook Comment