निरन्तर घट्दै सेयर बजार, लगानीकर्ता चिन्तित

डिसी नेपाल
२५ फागुन २०७८ १५:५३

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक ३०.२९ अङ्कले घट्दा २ हजार ५१४.६५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी रहेको छ । यस कम्पनीको १० करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ६ सय ८० रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र अपि पावर कम्पनीको कारोबार भएको छ ।

आज नेप्सेमा माउन्टेन इनर्जी नेपाल र इमर्जिङ्ग नेपालका लगानीकर्ताले अत्यधिक कमाएका छन्। भने विशाल बजार कम्पनी र सामुदायिक लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *