नर्भिक हस्पिटलले शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने

डिसी नेपाल
२६ फागुन २०७८ ९:४०

काठमाडौं । नर्भिक अस्पताल फागुन २८ गते (शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।

यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिने भएका छन्।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन्।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ। कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान पुनः सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *