बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२६ फागुन २०७८ ९:१३

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ। बुधबार मेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा र बिक्री दर १३४ रुपैयाँ ८८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९३ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९० रुपैयाँ ०२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *