नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

डिसी नेपाल
२६ फागुन २०७८ ११:४१

काठमाडौँ।  नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

नाम सिफारिस हुनेमा चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानी रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्नेछ ।

निगमको कार्यकारी पदका लागि १७ जनाको आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *