५ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३० फागुन २०७८ १०:५०

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख दुई हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रति तोला एक हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *