राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो

डिसी नेपाल
३० फागुन २०७८ ११:४५

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गते मंगलबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सञ्चालनमा रहेको २५ प्रकारका बचत खातामा बैंकले न्यूनतम ६.०३ प्रतिशतदेखि ८.०५  प्रतिशत ब्याज दिने भएको छ । जसका लागि विभिन्न खातामा न्यूनतम बचत हुनुपर्ने समेत बैंकले जनाएको छ ।

त्यस्तैगरी बैंकको मुद्दति निक्षेपमा ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । ३ महिना देखि ३ बर्षसम्मको रा.बा बैंक रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *