कति पुग्यो डलरको भाउ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१ चैत २०७८ ९:३४

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १० पैसा र बिक्री दर १३४ रुपैयाँ ७६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४१ पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री दर १९ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *