एकै दिन १ हजार ८ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१ चैत २०७८ १०:५९

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रति तोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *