माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१ चैत २०७८ १३:१५

काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक भरत कुमार श्रेष्ठको नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्री गर्न लागेको हो।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय पुतलीसडक, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *