१७.१५ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ३ अर्ब ३६ करोडमाथि

डिसी नेपाल
१ चैत २०७८ १५:२०

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अङ्कले बढेर २ हजार ६५०.९७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३४ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ६ सय २६ पैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ४ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आज नेप्सेमा इमर्जिङ्ग नेपाल र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने नेपाल दुरसंचार कम्पनी र मैलुङ्ग खोला जलबिद्युतका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *