निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्न माग

डिसी नेपाल
१ चैत २०७८ १५:३९

काठमाडौँ। चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार सङघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ । उक्त सङ्घलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याजवृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको, कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।

सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए। अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *