नयाँ वर्षमा अमेरिकामा डिसी नेपालको रमाइलो कार्यक्रम ‘नुन चिनी पानी’

डिसी नेपाल
२ चैत २०७८ ७:०२

वासिंगटन डिसी । नेपाली नयाँ वर्ष २०७९ को पावन अवसरमा डिसी नेपालले अमेरिकामा एउटा विशेष कार्यक्रम गर्ने भएको छ । अमेरिकामा भएका नेपालीको नेतृत्वमा संचालित लायन्स क्लवहरुका बीचमा रमाइलो प्रतिष्पर्धा गराइने छ।

एनआरएनएका विभिन्न गतिविधिहरु बारे घनीभूत छलफल चलाई सो संस्थालाई विदेशमा रहेका नेपाली मनहरु जोड्ने काममा यसका अभियन्ताहरुलाई अभिप्ररित गर्ने प्रयास निरन्तर छ। त्यसैगरी नेपालीहरुलाई जोड्नु पर्ने संस्था बिबाद उन्मुख भैरहँदा डिसी नेपालले थुप्रै पटक र निरन्तर छलफल चलाउँदै आएको छ।

अब नेपाली नयाँ वर्ष २०७९ को अवसरमा चाहिँ अमेरिकामा रहेका लायन्स क्लवहरुका बीच रमाइलो प्रतिष्पर्धा गराउने कार्यक्रम तय गरिएको छ। “नुन चिनी पानी क्वीज कन्टेष्ट विथ लायन्स क्लब” कार्यक्रममा प्रतिष्पर्धी स्वयंले छनौट गरेका प्रश्नहरुमा आधारमा विजयीको घोषणा हुने छ।

यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएपछि थप जानकारी सार्वजानिक गरिने छ। कार्यक्रमबारे अमेरिकामा रहेका लायन्स क्लवहरुको चासो उत्साहजनक छ। कार्यक्रमको थिम नै “रमाइला प्रश्न, भाग्यको खेल, बिभाजन हैन, मेल नै मेल” राखिएको छ। यो कार्यक्रम अमेरिकास्थित डिसी नेपालका विशेष प्रतिनिधि अर्जुन दाहालले सञ्चालन गर्नेछन्।

डिसी नेपालमार्फत जनचेतना जगाउन र संसारभरका नेपालीमनलाई संचारको एउटै सूत्रमा जोड्नका लागि थुप्रै कार्यक्रम सञ्चालित छन्। अमेरिकाबाट पछिल्लो समय सञ्चालित “द बृज टक शो” ले राम्रो उचाइ लिन सफल भएको छ जसले नेपालबाट बिभिन्न बिधाका सफल र प्रतिष्ठित ब्यक्तिहरुसँग सम्पर्क गरी प्रत्यक्ष खरो कुराकानी गर्ने गरेको छ।

अर्को कार्यक्रम “हाम्रो लेन्स” ले अमेरिकाभर रहेका बिबिध समाचारलाई समेट्ने र त्यससँग जोडिएका पात्रहरुसँग छलफल गर्दै आएको छ। अमेरिकाबाटै “पन्नाभित्र” कार्यक्रममार्फत नेपाली साहित्यमा डायस्पोरिक चेतका बारेमा घनिभूत छलफल शुरु गरिएको छ भने चर्चित सञ्चारकर्मी मनिषा घिमिरेले संचालन गर्दै अएको “टक फ्रेङ्क्ली विथ मनिषा“ ले संसारभरका नेपालीहरुका सफलतालाई सेलिब्रेट गर्ने गरेको छ।

त्यसैगरी जर्मनीबाट पत्रकार दीपक घितालले “प्रवास वाणी” र इटालीबाट पत्रकार विजय भुषालले “मजदुर मञ्च” कार्यक्रम मार्फत संसारभरका नेपालीहरुको आवाजलाई बुलन्द गर्ने काम पनि डिसी नेपालले गर्दै आएको छ।

डिसी नेपालले पत्रकार सहदेव पौडेलको संयोजनमा टिकटकमा छोटा समाचार र भिडियोमार्फत सुसूचित गर्ने काम पनि शुरु गरेको छ भने निरन्तररुपमा फेसवुक पेज र युट्युवमार्फत संसारभरका नेपाली र उनीहरु सम्बद्ध समाचारहरुलाई पस्कदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *