बुधबार बढ्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२ चैत २०७८ ९:१०

काठमाडौं। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २८ पैसा र बिक्री दर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ५० पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ सा र बिक्री दर ८८ रुपैयाँ ३४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *