सिटिजन्स बैंकले ७ हजार कित्ता संस्थापक सेयर विक्री गर्दै

डिसी नेपाल
२ चैत २०७८ १०:०१

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी शारदा देवि प्रधानको नाममा रहेको ७ हजार ७९.२८ कित्ता सेयर विक्री गर्न लागेको हो।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। लगानीकर्ताले यसको न्युनतम मूल्य १४३ रुपैयाँ राखेर बोलकबोल गर्नुपर्नेछ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय नारायणहिटी पथमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *