क्रिप्टोकरेन्सीको सबै एप बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

डिसी नेपाल
२ चैत २०७८ १०:३३

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीको कारोबार गर्ने सबै वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले पत्राचार गरी क्रिप्टोकरेन्सीका वेबसाइट र एपहरू बन्द गर्न निर्देशन दिएको हो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा तथा गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो।

सोहि अनुरुप, प्राधिकरणले अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग गर्न तथा सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्ने व्यवस्था गर्न पनि सबै इन्टरनेट सेवाप्रदायकलाई आग्रह गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *