डडेल्धुरामा गोली लागेर एकको मृत्यु

डिसी नेपाल
२ चैत २०७८ १०:४४
272
Shares

डडेल्धुरा। डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको  छ।  त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *