इमर्जिङ्ग नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२ चैत २०७८ ११:५२

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार नेप्सेमा कारोबार खुलेको एक घण्टा नबित्दै कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ४२ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ४ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *