चैत १९ बाट वोमी लघुवित्त र सूर्योदय लघुवित्तको एकीकृत कारोबार

डिसी नेपाल
२ चैत २०७८ १२:५३

काठमाडौं।  वोमी लघुवित्त र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ गतेदेखि सुरु हुने भएको छ। यी दुई लघुवित्तबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै एकीकृत कारोबार सुरु हुन लागेको हो ।

दुवै लघुवित्तको मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ। यी दुवै लघुवित्तबीच पुस २९ गते मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै लघुवित्तको सेयर कारोबार भदौ १६ गतेबाट रोक्का रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *