इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवा वालेटका एजेण्टबाट पनि पाइने

डिसी नेपाल
२ चैत २०७८ १५:२४

काठमाडौँ। इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यास पोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ ।

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलका अन्तर्गतका भगनी संस्था हुन् । यो संगै, अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्रसंगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजार भन्दा बढि जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत समेत पाइन्छ । त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिनेछ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्तगरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।

सन् २००९मा स्थापना भएको इसेवा प्राली, नेपालको मात्रनभएर दक्षिण एसियकै पहिलो डिजिटल वालेट हो । नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसन्स प्राप्त इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवा माहाल ५१भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *