१९.७२ अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२ चैत २०७८ १५:३६

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १९.७२ अङ्कले घटेर २ हजार ६३१.२५  विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी रहेको छ । यस कम्पनीको १६ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ५ सय ६८ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : गरिमा बिकस बैंक र पी पावर कम्पनीको कारोबार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *