सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
३ चैत २०७८ १७:४२

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *