४ अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो कति पुग्यो ?

डिसी नेपाल
४ चैत २०७८ ९:५४

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ४ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १ गते निक्षेप ४ अर्बले घटेर ४८ खर्ब ९७ अर्ब  रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण ३० गते बैंकहरूको निक्षेप ४९ खर्ब १ अर्ब रहेको थियो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप घटे पनि कर्जा लगानी भने स्थिर रहेको छ। चैत १ गते कर्जा लगानी स्थिर रहेर ४६ खर्ब ९६ अर्ब रहेको तथ्यांकमा उल्लेख छ ।

वाणिज्य बैंकको निक्षेप पनि घटेको छ। वाणिज्य बैंकको ४ अर्बले घटेर ४३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण ३० गते वाणिज्य बैंकको निक्षेप ४३ खर्ब ३३ अर्ब रहेको थियो।

यता, बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि बढेको छ। बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.४७ प्रतिशत रहेकोमा फाल्गुण ३० गतेसम्म बढेर ९०.५४ प्रतिशत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *