हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
४ चैत २०७८ १०:५२

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य प्रति तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रति तोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *