विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
काठमाडौं। संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ।
दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो। दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ।
सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ। फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment