मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
८ चैत २०७८ ११:३०
32
Shares

मोरङ। मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ।को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.