चोभारमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

डिसी नेपाल
१० चैत २०७८ १२:४६
104
Shares

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना.१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.