१६.६९ अङ्कले घट्यो सेयर बजार, ३ अर्ब २४ करोडमाथिको कारोबार

डिसी नेपाल
१० चैत २०७८ १५:१७

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक १६.६९ अङ्कले घटेर २ हजार ६१३.६९ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब २४ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३० करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य  ५ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दूरसंचार कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशनको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा १३ उपसुचकमध्ये लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा राष्ट्रिय उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल सेयर भाउ १० प्रतिशतले बढेको छ जसले गर्दा यी कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्। यता, नेपाल फाइनान्स र सिमिलिङ्ग पावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *