पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

डिसी नेपाल
१० चैत २०७८ १६:४५
100
Shares

कास्की। कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ।सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन्।ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो ।

दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

पैदलयात्री महिला भने उपचार पस्चात डिस्चार्ज भइरसकेकी छिन् । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.